जनता टाइम्स

१७ पुष २०७९, आईतवार १४:५८

एनआरएनए १५औँ यूरोप क्षेत्रीय सम्मेलन ६ र ७ मेमा


लण्डन, १७ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५औँ युरोप क्षेत्रीय सम्मेलन मेको पहिलो साता हुने भएको छ ।

गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय पदाधिकारीहरूको उपस्थितीमा गत सोमबार बसेको बैठकले ६ र ७ मेमा चेक रिपब्लिकामा सम्मेलन गर्ने निर्णय गरेको एनआरएनए चेक रिपब्लिकले जनाएको हो ।

२४ भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने सम्मेलनमा गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त युरोप क्षेत्रमा नेपालीहरूले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने बताएको छ ।