जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार ०९:०४

बिघटनको संघारमा पुग्यो नेपाल रेडक्रस, जिल्ला प्रशासन काठमाडौंले पठायो २४ घण्टे पुर्जी (पत्रसहित)


काठमाडौं, साउन २७ । मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी नेतृत्वको गलत कामकै कारण बिघटनको संघारमा पुगेको छ । नेपाल सरकारको निर्देशन अबज्ञा गर्दै बारम्बार काम गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्था दर्ता ऐन २०३४ बमोजिम कठोर कदम चाल्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले केन्द्रीय साधारणसभा नगर्न दिएको निर्देशनको अबज्ञा भएपछि पुनः दोस्रो आदेश जारी गर्दै संस्थानै किन निलम्बन वा खारेज नगर्ने भन्दै २४ घण्टे पुर्जी पठाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत बैशाख २२ गते पत्र पठाई २३ देखि २५ गतेसम्म धरानमा हुने केन्द्रीय साधारणसभा स्थगित गरेको थियो । जिल्ला प्रशासनले संजीव थापा नेतृत्वको पदाधिकारीमाथि नै भ्रष्टाचारको छानविन अघि बढेको तथा निश्पक्षनिर्वाचन संभव नभएको जनाई डा बिश्वकेशर मास्केको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो ।

सो निर्णयबिरुद्ध अदालत गई अन्तरिम आदेश लिएको थापा नेतृत्वको कार्यसमितिले जिल्ला प्रशासनको निर्देशन अबज्ञा गर्दै भोलिदेखि बनेपामा केन्द्रीय साधारणसभा बोलाएको थियो । रेडक्रसको सो निर्णयपछि जिल्ला प्रशासन कठोर बनेको हो । जिल्ला प्रासन कार्यालय काठमाडौंले हिजो नै२४ घण्टे पत्र पठाई साधारणसभा रोक्न र २४ घण्टाभित्र निर्देशन अबज्ञा गर्नुको कारण पठाउन आदेश दिएको छ । आदेशमा संस्था दर्ता ऐन २०३४ को दफा १२ कोउपदफा ४ बमोजिम किन कार्वाही नगर्ने भन्ने प्रश्न सोधिएको छ । सो दफामा नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा स्थानीय अधिकारीले त्यस्तो संस्थाको दर्ता निलम्बन वा खारेज गर्नसक्नेछ भन्ने प्रावधान छ ।

जिल्ला प्रशासनकोसो पत्रलगत्तै रडक्रसले भोलि बनेपामा बोलाएको साधारणसभा बिशेष कारणबस स्थगित भएकोसुचना जारी गरेको छ । थापा नेतृत्वको कार्यसमितिलाई रेडक्रस बिघटन किन नगर्ने भन्ने कडा प्रश्नसहित पत्र पठाए पनि रेडक्रसकर्मीलाई यस बिषयमा कुनै जानकारी गराइएको छैन । बिशेष कारणवस भनेरढाकछोप गरिएको छ ।