जनता टाइम्स

१९ पुष २०७९, मंगलवार १४:४१

कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक


काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गर्नुभएको छ ।

देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गर्नुभएको हो । देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित हुनुभएको हो । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।