काठमाडौं, पुस १९ । सरकारबाट बाहिरिएको १० दिन नबित्दै नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निश्कर्षमा पुगेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भन्दै यस्तो निश्कर्षमा पुगेको जनाउ दिनुभएको हो ।
काठमाडौंमा आज आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि भन्दै राष्ट्रिय सहमतिको सरकार चाहिने बताउनु भयो ।
‘हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ,’ पौडेलले भन्नुभयो, ’अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ ।’
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको थियो । आफ्नो दल नेतृत्वको सरकार गएसँर्ग ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको पौडेलले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्