जनता टाइम्स

२० पुष २०७९, बुधबार १८:५०

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा


काठमाडौं, २० पुस । संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् ।

संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो ।