काठमाडौं, साउन २७
एनआरएनए कतारको महिला संयोजकमा अम्वीका खत्री निर्बिरोध चयन हुनु भएको छ । तनहुँ भानु नगरपालिका पुर्कोटकी खत्री निर्बिरोध चयन हुनु भएको निर्वाचन कमिटिले जानकारी दिएको छ ।
कतारमा लामो समयदेखी व्यवसाय गर्दै आउनु भएकी खत्री गत शनिवार एनआरएनए कतारको कार्यसमिती चयन समितीले प्रकाशन गरेको अन्तीम नामावलीका अनुसार निर्बिरोध चयन हुनु भएको हो । यसैगरी स्याङ्जाकी सरिता भण्डारी पौडेल पनि एनआरएनए कतारको महिला उपाध्यक्षमा निर्बिरोध चयन हुनु भएको छ । महिला संयोजक नानु घले र महिला उपाध्यक्ष सरिता गुरुङले उम्मेदवारी फिर्ता लिनु भएको थियो ।
यसै गरि लेखा समिती सदस्यमा पनि कबिन्द्र कडेल र पुरुषोत्तम लामिछाने निर्बिरोध चयन हुनु भएको छ । २ जनाको आवश्यक पदका लागी ३ जनाको उम्मेदवारी मनोनय दर्ता भए पनि दिपक भुजेलले उम्मेदवारी फिर्ता लिएपछि कडेल र लामिछाने निर्बिरोध निर्वाचित हुनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्