जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १२:५६

अनाथ बालबालिकासँग गायक आशिष सचिनले मनाए जन्मदिन


काठमाडौं, २२ पुस । युट्युवमा करिब १० करोड पटक हेरिएको नेपाली गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर‘का गायक आशिष सचिनले ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर जन्म दिन मनाउनुभएको छ । गायक, अभिनय सँगसँगै समाजसेवामा पनि सक्रिय गायक आशिष सचिनले काठमाडौंको बुढानिलकण्ठ–५ डाँडा गाउँमा रहेको ‘अनाथ असाहाय बालसुधार समाज’ मा पुगेर अनाथ बालबालिकासँग आफ्नो जन्मदिन मनाउनुभएको हो ।

जन्म दिन मनाउने क्रममा गायक सचिनले आफ्ना केही चर्चित गीतहरु अनाथालयमा रहेका बालबालिकालाई सुनाउनुभयो । उहाँका केही हिट गीत सुन्दै त्यहाँका बालबालिका उहाँसँगै रमेका थिए । आफ्नो जन्म दिनको केक काटेर गायक आशिष सचिनले त्यहाँका बालबालिकालाई खुवाउनुभयो । सो आश्रममा रहेका ३३ जना बालबालिकालाई खाना खुवाउँदै केही आर्थिक सहयोग र खाद्यान्नसमेत सहयोग प्रदान गर्नुभयो ।

अनाथालयमा रहेका बालबालिकाहरु नर्सरी देखि कलेजसम्म अध्ययन गरिरहेको सँस्थाका कोषाध्यक्ष सुदिप केसीले बताउनुभयो । २१ जना बालक र १२ बालिकाहरु रहेका सो आश्रममा यी गायकले आफ्नो जन्म दिन मनाएर केही क्षण भएपनि बालबालिकालाई खुसी तुल्याएको उहाँले बताउनुभयो । आशिषका ‘दारी फुल्यो बैंसैमा’सँगै ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् ।