काठमाडौं, २२ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका विषयमा शुक्रबबार सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भइरहेको हो । प्रारम्भमा रिट निवेदकको तर्फबाट बहस भएको छ ।
बहसका क्रममा रिट निवेदकका कानुन व्यवसायीहरुले रवि लामिछानेको सांसद पद खारेज भागी रहेको जिकीर गर्नुभएको छ । बहस गर्नुभएको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु अमृत खरेल, रमण कर्णसहितका कानुन व्यवसायीले लामिछानेको नेपाली नागरिकता नभएकाले उहाँको सांसद पद स्वतः खारेज हुने जिकीर गर्नुभएको हो ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको र स्वतः खारेज भएको नेपाली नागरिकता बुझाएर प्रनिधिसभा सदस्य निर्वाचनमा भाग लिएकाले लामिछानेको सांसद खारेज हुनुपर्ने उहाँहरुले माग गर्नुभएको छ । नेपाली नागरिकले मात्र निर्वाचनमा भाग लिन पाउने रिट निवेदकतर्फका कानुन व्यवसायीले लामिछानेको उम्मेदवारी अवैध घोषित गरेर सांसद पद स्वतः खारेज हुनुपर्ने तर्क गर्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्