जनता टाइम्स

२२ पुष २०७९, शुक्रबार १४:५४

भरुवा बन्दुकसहित एक जना पक्राउ


मकवानपुर, २२ पुस । गढी गाउँपालिका-७ सुकौरा दुम्सी बस्ने ५२ वर्षीय मंगल सिङ थिङलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट जितपुर भन्ज्याङबाट खटिएको प्रहरीले उहाँको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उहाँलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।