झापा, पुस २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राष्ट्रिय युवा महोत्सव २०७९ हुने भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले नै फागुन ६ गते उदघाटन गर्नुहुने महोत्सव १० गतेसम्म सञ्चालन हुने छ ।
महोत्सवमा राजनीतिक, सामाजिक, खेलकुद र उद्यमशिलता जस्ता बिषयहरुमा कार्यक्रममा युवा लक्षित कार्यक्रमहरु प्यानल डिस्कसनसमेत हुने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगितात्मक कार्यक्रमहरु वक्तित्वकला, कविता, चेस) तालिमहरु, रोजगार मेला, विज्ञान तथा वातावरण प्रदर्शनी, साहित्य मेला रहने छ । ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती, गायन तथा नृत्य प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा झाँकी प्रदशनी , पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, फरक क्षमता भएका ब्यक्तित्वको विशेष कला प्रदर्शनी, नाटक प्रदर्शनी, स्वास्थ्य शिविर, थ्रिडी भिआर चलचित्र प्रदर्शनी लगायतका कार्यक्रमहरु सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
आयोजक संस्था राष्ट्रिय युवा महोत्सव २०७९ मुल आयोजक समितिका उपाध्यक्ष जमुना निरौला अधिकारीका अनुसार झापा जिल्ला बाहिरबाट आउनुहुने सहभागीहरुलाई थप मनोरञ्जन र पूर्वीय ठाँउहरुको भ्रमणका लागि इलामको प्राकृतिक पर्यटकिय स्थल कन्याम र मोरङ्गको पर्यटकिय स्थल बेतना सिमसारमा समेत साहित्य मेला आयोजना गरिने छ ।

यो मेला राष्ट्रिय युवा परिषद, लायन्स तथा लियो क्लवहरु, डिपिएल नेपाल, रोट्याक्ट क्लव, क्लव हिमालयन टाईगर, हिसान, प्याब्शन, दमक उद्योग वाणिज्य संघ, कदम थिएटर, दमक जेसिस, स्काउट, प्रज्ञा प्रतिष्ठान, मेची महाकाली बुहारी संघ लगायतका संस्थाहरुले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन ।













प्रतिक्रिया दिनुहोस्