जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ०९:४९

सामुहिक हत्याकाण्डमा बाँचेकी सीता खजुमलाई एनआरएनए मलेसियाको सहयोग


काठमाडौं, साउन २८

पाँचथरमा भएको सामुहिक हत्याकाण्डमा बाच्न सफल सीता खजुमलाई सहयोग प्राप्त भएको छ । मिक्लाजुङमा भएको नौ जनाको हत्याकाण्डमा बाँचेकी उनलाई गैरआवासीय नेपाली संस्था (एनआरएनए) मलेसियाले एक लाख रुपैयाँ सहयोग गरेको हो ।

एनआरएनए मलेसियाको परोपकारी परियोजनाअन्तर्गत सीतालाई सोमबार काठमाडौंमा १ लाख रुपैयाँ प्रदान गरेको छ। काठमाडौंमा भएको कार्यक्रममा एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरले सीताकी आमा बुद्धमाया फियाकलाई सहयोग रकम प्रदान गर्नुभयो । सीता प्रदेश–१ को सरकारको सहयोगमा अध्ययनरत रहेकीले काठमाडौं आउन नपाएको बुद्धमायाले जानकारी गराउनु भयो ।