काठमाडौं, २३ पुस । भक्तपुरमा लडेर एक जना महिलाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका–१४ बोडे निलबाराहीमा एक महिला लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । ललितपुर गोदावरी नगरपालिका–१४ बाँडेगाउँ घर भई भक्तपुरमा डेरा गरी बस्ने ३६ वर्षीया सृजना महर्जनको मृत्यु भएको हो ।
आज बिहान ११ बजे घरमा लडेर उहाँ घाइते हुनुभएको थियो । घाइते हुनुभएको उहाँलाई छोराले देखेपछि स्थानीयले उद्धार गरी अस्पतालमा पुर्याएका थिए । ठिमीमा रहेको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्