पोखरा, २५ पुस । एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गर्नुभएको थियो ।
अधिकारीले आजै मुख्यमन्त्री पदको सपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्