जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १३:१२

अमेरिकाले सन्दीप लामिछानेलाई भिसा नदिनु नेपालकै अपमान हो : रवीन्द्र मिश्र


काठमाडौं, साउन २८ । विकेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा नदिएको बिषयमा कडा टिप्पणी गर्नुभएको छ । नेपालस्थित अमेरिकी दुतावासको सो कदमलाई मिश्रले देशकै अपमान भएको बताउनु भएको छ ।

सन्दिपलाई भिसा नदिएको बिषयमा समाचार सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै मिश्रले यस्तो अपमान बारम्बार भइरहेको पनि बताउनु भएको छ ।

‘देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दीपजस्तै कयौँ प्रतिश्ठित नेपालीको भिसा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ। भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ,’ संयोजक मिश्रको भनाई छ ।