काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएको बताउनुभएको छ । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिनुभयो ।
उहाँले आफूहरू संसद र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार र सिद्धान्त पनि बोकेर आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘शासन प्रणालीमा देखिएका खास जटिलता चिर्न सक्ने गरी हामी आएका हौं । हामी सरकारमा जाने की नजाने भनेर मतान्तर भएको थियो । तर, जनताले हामीलाई सरकारमा गएरै समाज सुधार गर्न मत दिएको ठहरसहित सरकारमा गयौं ।’
देशका जनशक्तिलाई विदेशमा मजदुरीको रुपमा नभएर भ्रमणका लागि पर्यटक बनेर जान सक्ने बनाउनुपर्नेमा जोड दिएका उहाँले समाजमा नकारात्मक कुरामात्र भएकाले अब सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको सांसद परियारले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्