काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताउनुभएको हो ।
रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिनुभयो । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले ससर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्