जुम्ला, २६ पुस । तिला गाउँपालिका–६ की कुन्ती रावतको कुनै सिप सिकेर आत्मानिर्भर बन्ने सपना देख्नुभएको थियो । तर, सिप सिकाउने मान्छेको अत्तोपत्तो थिएन । ‘त माग म पुर्याउँछ’ भने झै उहाँको सपना तिला गाउँपालिका, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय र किडार्क नेपालले पुरा गरिदिएका छन् ।
हालसालै दुई महिने ढाका कपडा बुनाइ तालिम पाएपछि उहाँ निकै खुसी हुनुभएको छ । उहाँले दुई तालिमले मात्रै दक्ष हुन नसकिएपछि फेरी एक महिने पुनर्ताजकी तालिम लिएको बताउनुभयो । तीन महिने तालिमपछि ढाकाका सौउल बुन्न सिकेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि महिलापछि महिलमा आत्मनिर्भर बन्ने जोस पलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिका हरेक महिला उद्यमी बन्न जरुरी छ ।’ जबसम्म महिला आत्मनिर्भर हुदैनन् तबसम्म समृद्ध गाउँपालिका नहुने उहाँले सुनाउनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले परम्परागत शैलीमा रहेर महिलाको दैनिकी नफेरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुम्लाका हरेक महिलाले आफ्नो खुट्टामा उभिनु पर्छ । अनि मात्रै महिला हिंसा रोकिन्छ । जागिरे जीवन त निश्चित अवधिको लागि हो । सिप नै जीवन जिउने आधार हो ।’
आज आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले तिलाका २० जना महिलालाई ढाका बुनाईसम्बन्धी तालिममा बोलाएको बताउनुभयो । तर तालिममा १४ जना मात्रै सहभागी भएको उहाँको भनाइ छ । उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्णा देवकोटाले तिला गाउँपालिकाका महिलालाई उद्यमशिल बनाउने उदेश्यले तालिमलाई सञ्चालन गरेको बताउनुभयो ।
तिलाका महिलाले सिकेको सीपलाई उद्योगमार्फत आयआर्जनमा रुपान्तरण गर्न सक्ने वातावरण बनाउन अनुरोध गर्नुभएको छ । ढाका बुनाइ तालिमका प्रशिक्षक पुष्पा रेस्मी मगरले कमजोर आर्थिक अवस्था नै महिलाको प्रगतिको बाधक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिप सानो र ठुुलो हुँदैन । सुरुवात गर्नुहोस् ।’
ढाँकाबाट चोलो, साडी, खादा बनाउन सिकाइएको छ । तालिममा सहभागी मन्नु बुढाले ढाकामा सल बनाउन सिकेको बताइन । उनले यसलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाउनुभयो । वल्र्ड भिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, तिला गाउँपालिका जुम्लाको आयोजना र किर्डाक नेपालको साझेदारीमा ढाका बुनाइसम्बन्धी सिप दिएको हो ।













प्रतिक्रिया दिनुहोस्