काठमाडौं, पुस २९ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता गर्न पहिलो चरणको बार्ता हुन लागेको छ ।
दुवै पार्टीको कार्यदलबीच आज मध्यान्ह १२ बजे सिंहदरबारमा छलफल हुन लागेको हो । जसपा र नेकपा एसले एकताको पहलका लागि कार्यदल गठन गरेका छन ।
जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी हुनुहुन्छ भने नेकपा एकीकृत समाजवादीको तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहनुभएको छ । दुई पार्टीमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्ने प्रयाशमा कार्यदल रहेको छ ।
गत मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि जसपा र माओवादीसँग एकताका लागि एसले कार्यदल बनाएको हो । जसपाले संसदमा १२ सिट र एसले १० सिट जितेको छ । राष्ट्रिय पार्टी बन्न नसकेपछि नेकपा एसले सो हैसियतमा रहन जसपालाई पहिलो रोजाईमा राखेको हो ।













प्रतिक्रिया दिनुहोस्