विराटनगर, २८ पुस । प्रदेश १ को सभामुखमा नेकपा माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । सभामुख पदका लागि गौतमको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको ज्येष्ठ सदस्य मण्डलले जानकारी दिनुभयो ।
गौतमको प्रस्तावकमा एमालेका रवतीरमण भण्डारी र समर्थकमा नारायणबहादुर मगर हुनुहुन्थ्यो ।
कांग्रेसले सभामुख पदमा उम्मेदवार नउठाउँदा गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । प्रदेश १ मा शक्ति बाँडफाँडमा माओवादीले सभामुख पाउँदा एमालेले मुख्यमन्त्री पाएको थियो । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बन्नुभएको थियो । प्रदेशसभाको दोस्रो कार्यकालमा गौतम सभामुख बन्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्