जनता टाइम्स

२८ पुष २०७९, बिहीबार १४:५०

युक्रेन हमला : पुटिनले नियुक्त गरे नयाँ कमान्डर


मस्को, २८ माघ । युक्रेन युद्धको जिम्मेवारीमा सर्गेई सुरोभिकिनलाई नियुक्त गरेको तीन महिनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उहाँलाई प्रतिस्थापन गरेको घोषणा गर्नुभएको छ । जनरल भ्यालेरी गेरासिमोभले सुरोभिकिनको स्थान लिनेछन् ।

भ्यालेरीलाई सैन्य वृत्तमा ‘जनरल आरमागेडोन’ उपनामले चिनिनुहुन्छ ।

देशको रक्षा मन्त्रालयले आफ्नो आधिकारिक टेलिग्राम अकाउन्टमा यो घोषणा गरेको हो । ‘रुसी सशस्त्र सेनाका जनरल स्टाफका प्रमुख सेनाका जनरल भ्यालेरी गेरासिमोभलाई संयुक्त समूहको सेना (फोर्स) को कमाण्डर नियुक्त गरिएको छ’, मन्त्रालयले भनेको छ ।