जनता टाइम्स

२८ पुष २०७९, बिहीबार १८:११

भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक


काठमाडौं, २८ पुस । राष्ट्रिय सभाको बैठक भोली बस्दै छ । भोली दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

एक बुँदे सार्वजनिक सम्भावित कार्यसूचीका अनुसार संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।