जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार ०७:५५

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीलाई सम्बोधन गर्ने


काठमाडौं, २९ पुस । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने हुनुभएको छ । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार मन्त्री पौडेलले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको हो ।

आइतवार साँझ नेपाली समय ५ बजे पछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरु डा.उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्त लगायत एक दर्जन सांसद सहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने हुनुभएको छ।