जनता टाइम्स

२९ पुष २०७९, शुक्रबार १६:०९

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाउनुभयो विश्वासको मत


पोखरा, २९ पुस । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । उहाँले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ । एक सांसद उपस्थित भएनन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे उपस्थित नहुनुभएको हो । सुरुमा मुख्यमन्त्रीलाई समर्थन गर्नुभएका मनाङेले अन्तिममा विश्वासको मत नदिने बताउनुभएको थियो ।