बुटवल, २९ पुस । रुपन्देहीको मायादेवी गाउँपालिका–७ का भीम बहादुर यादवको हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । मायादेवी घर भई ललितपुर महानगरपालिका–२५ नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय गोकुल यादव भनिने रामनरेश यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले आज पक्राउ गरेको हो ।
घटनापछि लुकीछिपी बसेका यादव १८ वर्षपछि पक्राउ परेका हुन् । उनीमाथि २०६१ वैशाख २८ गते राति भीम बहादुरलाई कुटपिट तथा छुरासमेत प्रहार गरी हत्या गरेको आरोप छ । प्रहरीले अभियुक्तलाई आवश्यक कारबाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा पठाएको रुपन्देही प्रहरी नायव निरीक्षक किरण केसीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्