काठमाडौं, २९ पुस । गायक नवीन कार्की र मिलन नेवारको स्वरले सजिएको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय गर्नुभएको छ ।
गीतकार भोला पौडेलको एरेन्ज र मिक्सिंगमा तयार भएको गीतको म्युजिक निर्देशकमा सन्तोष राजवाहक हुनुहुन्छ । रिमेश कुमार थापाद्वारा सङ्गीतवद्ध उक्त गीतको छायाकार उत्सव दाहाल हुनुहुन्छ । वोएसआर डिजिटल युट्युव च्यानलबाट अनामनगर सिलौटो क्याफेमा एकसमारोह बिच सार्वजनिक गरिएको हो ।
यसअघि ‘सागरले मोति पायो,बत्तीले ज्योति पायो लगायतका चर्चित र कर्णप्रिय गीत गाएका कार्की नामले मात्र होइन स्वरले जादुयी आकर्षण तथा नवीन पनि छन् । यद्यपि गायक कार्कीको गीत सङ्गीतको यात्रा २०५२को स्टेज प्रोग्रामबाट आरम्भ भएको हो । २०५४ मा लोक गीत ‘लाउ माया चुनेर’ रेकर्ड गर्दै २०५६ मा आधुनिक गीत गाएर हालसम्म दुई दर्जन गीतहरू ‘कुवाको पानी उघाई खाएँ’, ‘जलुकी पातैमा’, ’महलमा राज होला तिम्रो’, ‘मान्छे होस् इमान्दार लगायत गीतले लोकप्रियता हाँसिल गरेर म्युजिक अवार्डले समेत सम्मानित भइसक्नुभएको छ ।
म्युजिक भिडियोमा कम समयमा धेरै आकर्षण पाएका कार्की आफ्ना गीत र साधनालाई दर्शक स्रोताले रूचाएको कारण नै निरन्तर गीत संगीतमा साधनारत छु भन्छन् । अब छिट्टै एल्बम नवीन–२ निकाल्न लागेको जानकारी दिंदै कार्कीले आफ्नो गीतसंगीतको लगावले जीवन पर्यन्त नछोड्ने बताउँछन् ।













प्रतिक्रिया दिनुहोस्