जनता टाइम्स

३० पुष २०७९, शनिबार १३:४९

बागमतीको उपसभामुखमा तीन जनाको उम्मेदवारी


काठमाडौं, ३० पुस । बागमती प्रदेशको उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाई, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका छन् ।

आज हुने उपसभामुख चयनका लागि उनीहरूले उम्मेदवारी दिनुभएको हो ।

बागमती प्रदेश सचिवालयका अनुसार उपसभामुखको लागि सत्ता गठबन्धनको तर्फबाट एमालेकी चापागाईं, कांग्रेसकी परियार तथा नेपाल मजदुर किसान पार्टीकी गिता काफ्लेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।