काठमाडौं, १ माघ । पोखरामा यती एयरको एटीआर जहाज मेकानिकल समस्याको कारण दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक आँकलन गरेको छ । आज विहान दुर्घटना भएको विमान दुर्घटनाको छानबिन हुनु अगाडि नै क्यानले उक्त दाबी गरेको हो । केहीबेरअघि मात्रै मन्त्रिपरिषद् बैठकले ४५ दिनको समय दिएर पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मेकानिकल समस्याको कारणले जहाज दुर्घटना भएको जस्तो देखिएको बताउनुभयो । जहाजमा ६८ जना यात्रुसँगै ४ जना कार्यदल सदस्यसहित ७२ जना रहेका थिए । जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोंचमा दुर्घटना भएको हो ।
उहाँले भन्नुभयो,‘जहाज काठमाडौंबाट उड्नुभन्दा पहिले चेक जाँच भएको थियो । सबै प्रक्रिया पूरा गरेरमात्रै जहाज उडेको देखिन्छ । यो हेर्दा मेकानिकल समस्याको कारण जहाज दुर्घटना भएको हो कि जस्तो देखिन्छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन–एएनसी जहाजमा कमल केसी पाइलट र अन्जु खतिवडा कोपाइलट हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्