जनता टाइम्स

१ माघ २०७९, आईतवार १८:१६

बिमान दुर्घटनाले प्रवासी नेपाली मञ्च स्तब्ध, दुर्घटना रोकथामका लागि तत्कालै कदम चाल्न सरकारको ध्यानाकर्षण


काठमाडौं, १ माघ । नेपालमा बढिरहेको हवाई तथा सकड दुर्घना रोकथामका लागि आवश्यक प्रभावकारी कदम चाल्न प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार मात्र पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाले आफ्नो संठठन आहत भएको जनाउँदै मञ्चले यस्तो ध्यानाकर्षण गराएको हो ।

मञ्चका अध्यक्ष सञ्जय थापा तथा सचिव हेम शेर्पाद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा पोखरामा भएको यतिएयरलाइन्सको विमान दुर्घटनाका मृतकपूति श्रद्धाञ्जिली तथा आफन्तप्रति समवेदना व्यक्त गरिएको छ र्। भर्खरै सञ्चालनमा आएको पोखरा विमानस्थलसँग जोडिएको यस घटनाले मुलुकको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जान नदिन सरकारले वेलैमा सचेतना अपनाउन मञ्चले ध्यानाकर्षण गराएको हो ।

पर्यटनको राजधानीका रूपमा परिचित पोखरामा भएको यस किसिमको दुर्घटनाले प्रवासी नेपाली मात्र नभई सिंगो विश्व स्तब्ध भएको जनाउँदै मञ्चद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । ‘यस किसिमको हृदय विदारक दुर्घटनाले पर्यटन क्षेत्र मात्र होइन सिंगो नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने हुनाले समयमै सचेत हुन नेपाल सरकारलाई ध्यानाकर्षण गराउँछौं’ विज्ञप्तिमा उल्लेख छ ।