जनता टाइम्स

३ माघ २०७९, मंगलवार ०८:१०

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने


जनकपुरधाम, माघ ३ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मंगलबार विश्वासको मत लिन लाग्नुभएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ । गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका जसपा नेता यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

उहाँलाई ७२ जना सांसदको समर्थन छ । ६३ जना सांसदको समर्थनमा प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपाका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । पछि ९ जना सांसद रहेको लोसपाले पनि मुख्यमन्त्री यादवलाई समर्थन गर्दै प्रदेश प्रमुख मिश्रलाई पत्र पठाएको थियो ।

मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र नेकपा एसका ७ सांसद छन् ।