जनता टाइम्स

३ माघ २०७९, मंगलवार १९:०१

सिस्टममा प्राविधिक समस्या आउँदा नेटवर्क अवरुद्ध : नेपाल टेलिकम


काठमाडौं, माघ ३ । नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को सिस्टममा प्राविधिक समस्या हुँदा नेटवर्क अवरुद्ध हुन पुगेको टेलिकमले जानकारी दिएको छ । मंगलबार मध्यान्न केहीबेर नेपाल टेलिकमको नेटकर्व डाउन भएको थियो । हाल समस्याको पूर्ण समाधान भइसकेको छ ।

‘सुरुमा हाम्रो सिस्टममा प्राविधिक समस्या देखिएको थियो,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले भन्नुभयो, ‘हामीले १०÷१५ मिनेटमै त्यो समस्या समाधान गर्यौं तर समस्या भयो भन्ने खबर फैलिएपछि सबैले फोन र एसएमएस गर्न थाले । त्यसपछि भोल्युम बढेर कन्जेसन भई फोन नलाग्ने, एसएमएस नजाने, डेटा नचल्ने भयो ।’ उहाँका अनुसार १५÷२० मिनेटजति यस्तो समस्या भए पनि अहिले समाधान भइसकेको छ ।

काठमाडौं उपत्यका लगायत देशभर लगभग सबै ठाउँमा दिउँसो १२ बजेपछि टेलिमको नेटवर्कमा फोन नलाग्ने, डाटा नचल्ने र एसएमएससमेत नजाने समस्या भएपछि सेवाग्राहीले गुनासो गरेका थिए । अझै पनि फोन नलाग्ने वा धेरै पटकको प्रयासपछि मात्रै लाग्ने गरेको कतिपयले गुनासो गरिरहेका छन् । तर टेलिकमले अव समस्या नरहेको बताएको छ ।