भक्तपुर, माघ ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गर्नुभएको छ ।
नवनियुक्त चिनियाँ राजदूत चेनले आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सत्ता गठबन्धनका संयन्त्र प्रमुख ओलीसँग भेट गर्नुभएको हो । एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।
गत महिना मात्र नेपाल आउनु भएका राजदूत चेनले सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्दै आउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्