काठमाडौं, माघ ५ । जनता समाजवादी पार्टी (जसपा) ले सभामुखमा सत्ता गठबन्धनकै उम्मेदवार बन्नुभएका नेकपा एमालेका सांसद देवराज घिमिरेलाई मत दिने घोषणा गरेको छ ।
बिहीबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मत दिने भएको हो । प्रधानमन्त्री चयनमै सत्ता गठबन्धनमा सामेल भएको जसपाले विश्वासको मतसमेत दिएको थियो । बिहीबार संसदलाई सम्बोधन गर्दै जसपा सांसद प्रकाश अधिकारीले एमाले उम्मेदवार घिमिरेलाई समर्थन गर्ने बताउनु भयो ।
सत्ता गठबन्धनमा रहे पनि शक्ति बाँडफाँडमा चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जसपा सरकारमा सहभागी छैन । सभामुखको निर्वाचनमा सत्ता गठबन्धनमै रहने वा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सामेल हुने भन्ने विषयमा लामो छलफलपछि जसपाले एमालेका घिमिरेलाई नै मत दिने निर्णय लिएको हो ।
पार्टीको संसदीय दलको बैठकले सभामुखमा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्ने निर्णय गरेको हो । जसपाको यो निर्णयले सत्ता गठबन्धन फुटाउन चाहिरहेको कांग्रैसलाई झडका लागेको छ ।













प्रतिक्रिया दिनुहोस्