जनता टाइम्स

६ माघ २०७९, शुक्रबार ०९:५०

नेपालगञ्जबाट काठमाडौंको लागि उडेको विमान झापामा अवतरण


काठमाडौं, ६ माघ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ स् ६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ । मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।