जनता टाइम्स

७ माघ २०७९, शनिबार १७:०९

अबको राजनीतिक लडाईं राष्ट्रपतिको हो : चित्रबहादुर केसी


काठमाडौं, ७ माघ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिका लागि राजनीतिक लडाईं सुरु भइसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै अध्यक्ष केसीले दलहरुबीच राष्ट्रपतिका लागि लडाईं सुरु भइसकेको बताउनुभएको हो ।

यसका लागि दलहरुलाई कन्र्फटेबल सभामुखको भूमिका चाहिने भएकाले सभामुखलाई पनि गाह्रो हुने स्थिति देखिएको भन्दै उनले दलहरुले पद र शक्तिका लागि गरेको लडाईंप्रति कटाक्ष गर्नुभयो । दलहरुले अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा राखेको आरोप लगाउँदै उहाँले महिलालाई सभामुख नबनाएर उपसभामुखमा सीमित गर्न खोजेको बताउनुभयो ।