काठमाडौं, ८ माघ । शङ्खरापुर नगरपालिकाको वडा नम्बर ७ मा पर्ने शालीनदीमा स्वस्थानी माता तथा माधवनारायणको मेला चलिरहेको छ। पुस शुक्ल पूर्णिमाबाट सुरु भई माघ पूर्णिमासम्म चल्ने स्वस्थानी मेलामा आमदर्शनार्थीको भीडभाड अत्यधिक छ। भीडभाडसँगै मन्दिरवरपर थापिएका खाजानास्ता, फलफूल र पूजासामग्री पसलले धार्मिक मेलाका नाममा दर्शनार्थी सर्वसाधारणसँग चर्को मूल्य लिइरहेका छन्।
काठमाडौँको गौरीधाराबाट शालीनदीको स्वस्थानी माता र माधवनारायणको दर्शनका लागि आउनुभएकी कमला गौतमले एउटा बेलपत्र, एक थुँगा फूल, सानो जटा नरिबल, थोरै जौतिल राखेको सामानको तीन सय रुपियाँ तिर्नुपरेको बताउनुभयो। नेपालका विभिन्न ठाउँका मठमन्दिर र छिमेकी देश भारतका थुप्रै मन्दिर दर्शन गर्नुभएकी उहाँले भन्नुभयो, “यति चर्को मूल्य त कहीँ कतैँ थाहा पाएकी थिइनँ, धर्म गर्ने ठाउँमा यति चर्को मूल्य के हो कुन्नि।”
उहाँ सँगै आउनुभएकी अमृता खनालले फूल–प्रसादमा भएको महँगी त कहिल्यै अनुभव गर्नुभएको थिएन। खनालले भन्नुभयो, “अघिल्ला वर्षहरूमा पनि आइन्थ्यो, सामान्य बजारमा भन्दा केही महँगो हुन्थ्यो तर अहिले त अत्यधिक महँगी रहेछ, शौचालय प्रयोग गरेको ३० रुपियाँ कति मनपरी हो।” तीन घण्टा गाडी पार्किङ गरेको चार घण्टा भयो भन्दै सातरआठ सय रुपियाँ तिर्नुपर्ने कस्तो लुट हो रु आक्रोशित हुँदै निजी गाडीका चालक दीपक श्रेष्ठले प्रश्न गर्नुभयो।
दुई पुरी, एक जेरी, सानो कचौरा तरकारी खानेले ३५० देखि ४०० रुपियाँ बुझाउनुपरेको बानेश्वरकी बिन्दु घिमिरेले गुनासो गर्नुभयो। यति धेरै अस्वाभाविक मूल्य त अहिलेसम्म थाहा नभएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “यो त धर्मका नाममा लुट नै रहेछ, फाइभ स्टार होटलभन्दा पनि महँगो छ, स्थानीय सरकार कहाँ छ कुन्नि रु” यी त शालीनदी दर्शनका नाममा भएको ठगीका प्रतिनिधिमूलक घटना मात्रै हुन्। यसप्रकारको लुटमा शालीनदीमा दर्शन गर्न जाने तीर्थालु भक्तजन परेका छन्।
शङ्खरापुर नगरपालिकाका अनुसार अहिले शालीनदीमा रहेको स्वस्थानी माताको मन्दिर र माधवनारायण मन्दिरको दर्शन गर्न दैनिक एक लाख भक्तजन पुग्ने गरेका छन्। स्वस्थानी व्रत प्रारम्भपछि भक्तजनको भीड लाग्न थालेको र सो सङ्ख्या बढ्दै गएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका उपप्रमुख सुमिता श्रेष्ठले शालीनदी मन्दिरवरपर होटलमा महँगी भएको गुनासो आएपछि शुक्रबारै अनुगमन गरिएको तर गुनासो आएजस्तो नपाइएको दाबी गर्नुभयो। उहाँले मेला र बढी भीडभाड हुने ठाउँमा सामान्यभन्दा केही महँगो हुनु अस्वाभाविक नभएको स्वीकार गर्नुभयो।
ब्यापारीकै पक्षपोषण गर्दै उपप्रमुख श्रेष्ठले गोरखाको मनकामना मन्दिर जाँदा आफूले महँगो तिर्नुपरेको अनुभव सुनाउनुभयो। उहाँले भन्नुभयो, “विशेष अवसरमा हुने मेलामा तुलनात्मक रूपमा केही महँगो हुन्छ, यसलाई अन्यथा लिनुहुँदैन, हामीले त्यसरी नै हेरेका छौँ।” स्वाभाविकभन्दा धेरै महँगो भएमा नियमित अनुगमन गरेर कानुनअनुसार कारबाही गरिने उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
सो नगरपालिकाका प्रवक्ता एवं पालिकाका ६ नम्बर वडाध्यक्ष राधाकृष्ण श्रेष्ठले शालीनदी मेलामा खाजानास्ता र फलफूलको महँगी भएको भनेर आएको हल्लामा पूर्ण सत्यता नभएको दाबी गर्नुभयो। उहाँका अनुसार ब्यापारीले एक महिनाको तीनरचार लाख तिर्ने भन्नेमा पनि सत्यता छैन। यस्ता नभएका कुरा कसरी आएको छ। त्यहाँका ब्यापारीका लागि तोकिएको भाडा २०र२२ हजार रुपियाँ हो। उहाँले नगरपालिकाको तर्फबाट शुक्रबारदेखि नियमित अनुगमन गरिने र त्यस्तो पाइएमा तुरुन्तै कारबाही गरिने आश्वासन दिनुभयो।
प्रतिक्रिया दिनुहोस्