काठमाडौं, साउन ३० । सरकारले दुई नीजि एअरलाइन्सलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सोमवार सो निर्णय गर्नुभएको हो ।
दुवै एअरलाइन्सले केही समय पहिला नै मन्त्रालयमा उडान अनुमतिको निवेदन दिएपनि निर्णय हुन सकेको थिएन । पर्यटनमन्त्री भट्टराईले मन्त्रालय सम्हालेको १५ दिनमा नै सो अन्तराष्ट्रिय उडान अनुमति दिनुभएको हो । मन्त्रालयको स्वीकृतीपछि हिमालयन एअरलाइन्सले चीनमा थप बिमानस्थलमा उडान भर्न सक्नेछ । हिमालयन एअरलाइन्सले चीनमा उडान गरिरहेको भन्दा थप बिमानस्थलमा उडान गर्न पाएको छ भने श्री एअरलाइन्सले नयाँदिल्ली, कोलकत्ता, अहमदाबाद र ढाकाको उडान अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्