जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार ११:२७

सुनको भाउ भाउ अहिलेसम्मकै महंगो


काठमाडौं, साउन ३०

सुनको भाउ दैनिक रुपमा उकालो लागिरहेको छ । बिहीबार मात्रै तोलामा १२ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ७१ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो भाउ अहिलेसम्म कै महंगो हो । बुधबार तोलामा ७ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ३ सय रुपैयाँमा झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बिहीबार प्रति औंस १५ सय २२ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको हो । यस्तै, चाँदी पनि बिहीबार तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।