जनता टाइम्स

९ माघ २०७९, सोमबार ०८:४९

देउवाले बोलाए पदाधिकारीहरूको बैठक


काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा साढे ९ बजे बोलाउनुभएको छ ।

समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । नेताहरूले भने छलफलको विषयमा जानकारी नभएको तर सभापतिले बैठक बोलाएको बताएका छन् । ‘९ः ३० बजे बैठकको लागि सभापतिले बोलाउनु भएको छ। छलफलको विषय केही भनिएको छैन।

त्यही गएपछि थाहा होला, ‘ सह महामन्त्री बद्री पाण्डे भन्नुभयो ।आइतबार मात्रै कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूको बैठक बसेको थियो । उनीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भएको बताएका थिए ।आजको पदाधिकारी बैठकमा पनि पछिल्लो राष्ट्रिय राजनीतिका बारेमा छलफल र समीक्षा हुने नेताहरूले बताएका छन् ।