जनता टाइम्स

९ माघ २०७९, सोमबार ०८:५४

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता


काठमाडौं, ९ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ ।नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार रहेका घिमिरे माओवादी केन्द्र लगायत दलको समर्थनमा बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएको थियो ।