जनता टाइम्स

११ माघ २०७९, बुधबार १०:१३

म दोषी छु, माफ गर्नुहोला : गृहमन्त्री लामिछाने


काठमाडौं, माघ ११ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू पनि दोषी रहेको भन्दै प्रेमप्रसाद आचार्यको आत्महत्याले निकै दुःखी बनाएको बताउनुभ एको छ ।

गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै आफूहरु जस्ता नयाँको आगमनले समेत आत्मदाहको निर्णय रोक्न नसकेको भन्दै माफी माग्नुभएको छ ।

‘हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ गृहमन्त्री लामिछानेले भन्नुभएको छ ।

यस्तो छ गृहमन्त्रीको भनाई

एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।