जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार १५:५८

नीता र प्रज्वलको ‘सोच’ ट्रेलर सार्वजनिक (भिडियोसहित)


काठमाडौं, साउन ३०

भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन –लभस्टोरी फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुंगानाको प्रेममा आउने उचारचढाव देखाइएको छ । नव–नायक पुजन सिंहको एक्सनलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । एनवी महर्जनको द्वन्द्व, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन रहेको फिल्ममा उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय छ ।

पुजनकै कथा रहेको फिल्मको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन् । फिल्ममा कृष्ण आचार्यको पटकथा तथा संवाद छ ।