जनता टाइम्स

१२ माघ २०७९, बिहीबार १७:२९

प्रदेश १ संसद बैठक माघ २३ गतेका लागि आह्वान


काठमाडौं, १२ माघ । प्रदेश १ संसदको संसद बैठक माघ २३ गते बस्ने भएको छ । सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाउनुभएको छ ।

पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले बताउनुभयो । प्रदेश सभाका लागि बिजनेस अभाव भएकाले बैठक बस्न सकेको थिएन ।