पाकिस्तान, माघ १२ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच छलफल भएको छ ।
नेपाली राजदूत अधिकारी र राज्यमन्त्री अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो ।
राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने सहमति समेत भएको छ । केही समययता राजदूत अधिकारीले पाकिस्तानका अधिकारीसँगको छलफललाई तीब्रता दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्