जनता टाइम्स

१२ माघ २०७९, बिहीबार २०:३२

नेपाल-पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने सहमति


पाकिस्तान, माघ १२ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच छलफल भएको छ ।

नेपाली राजदूत अधिकारी र राज्यमन्त्री अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने सहमति समेत भएको छ । केही समययता राजदूत अधिकारीले पाकिस्तानका अधिकारीसँगको छलफललाई तीब्रता दिनुभएको छ ।