जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १२:३५

माओवादी स्थायी समिति बैठक जारी


काठमाडौं, १३ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा राष्ट्रपति चयन गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ । यसअघि हिजो प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा भएको छलफलबारे अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराउनुहुनेछ । माओवादी स्थायी समितिको बैठक हिजैबाट सुरु भएको हो ।