धनगढी, साउन ३०
कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकवहादुर खत्री बर्खास्त हुनु भएको छ । नक्कली कागजपत्र बनाउने मुद्दामा उच्च अदालत पाटनबाट पक्राउ पूर्जी जारी भएका भौतिक पुर्वाधार विकास मन्त्री खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गर्नुभएको हो ।
प्रदेश मुख्यमन्त्री शाहीको सामाजिक सञ्जालमा लेखिएको छ, ‘माननीय मुख्यमन्त्रीज्यूले भौतिक पुर्वाधार विकास मन्त्री खडकवहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी आफैले सम्हाल्ने निर्णय गर्नुभएको छ । उक्त निर्णय आजै प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।’
मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको थियो । मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्