जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार २३:०१

प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक छ : प्रमका मुख्य सल्लाहकार


काठमाडौं, साउन ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठिक रहेको उहाका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ । केही सञ्चारमाध्यमले प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर अर्नगल प्रचारबाजी गरेको भन्दै उहाले केही थकितमात्र हुनु भएको उल्लेख गर्नुभएको छ ।

‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो’, रिमालले भन्नुभयो । उहाले यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार भएको भन्दै प्रमको स्वास्थ्य ठीक रहेको जानकारी दिनुभयो ।

‘उहॉ भोली बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ’, रिमालले अगाडी भन्नुभयो, ‘उहॉको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ।’