जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १०:११

सेनाबीच दोहोरो भिडन्त भएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक


काठमाडौं । बिहिबार भारत र पाकिस्तानका सेनाबीच दोहोरो भिडन्त भएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक डाकिएको छ । पछिल्लो भिडन्तमा ३ पाकिस्तानी र ५ भारतीय सेनाको मृत्यु भएको जनाईएको छ ।

भारतले काश्मिरको विशेष दर्जा फिर्ता लिएपछि क्रुद्ध बनेको पाकिस्तानले यसविरुद्ध सुरक्षा परिषदमा छलफलका लागि अपिल गरेको थियो । साथै, दुई देशबीचको नियन्त्रण रेखामै शैन्य क्षति हुनेगरी लडाई भएपछि परिषद्ले शुक्रबार आपतकालिन बैठक बोलाएको हो ।

सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले शुक्रबार बिहानका लागि बैठक बोलाएको हो । बैठकमा काश्मिर मुद्धामाथि चर्चा हुनेछ । नियन्त्रण रेखा पार गरी भारतीय सेनाले गरेको गोलाबारीमा आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ ।

साथै, यो भीडन्तमा ५ जना भारतीय सेनाको मृत्यु भएको जनाईएको छ । तर भारतीय सेनाले भने पाकिस्तानको यो दाबीलाई झुठो भनेको छ ।