जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार ११:४६

नेकपाको सचिवालय बैठक शुरु, यसरी टुंग्गिदैछ एकता


काठमाडौं, साउन ३१

एकतालाई टुंगो लगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा एकताका बाँकी कामलाई टुंगो लगाइने भएको छ ।

हिजोदिउसो बोलाइएको बैठक प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीको कार्य ब्यस्थताका कारण आजसम्मका लागि स्थगित भएको थियो ।बैठकले एकताको बाँकी काम टुंगो लगाउने कार्यसुची तय गरिएको छ । पटक–पटक स्थगित भएको नेकपाको सचिवालय बैठक आज निश्कर्षमा पुग्ने एक नेताले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, बभिाग र बिशेष कमिटीको निर्णय हुने गरी एजेण्डा तय गरिएको छ । गत साउन १३ गतेपति नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन । साउन २८ गते बस्ने निर्णय भएपनि नेताहरुबीच सहमति जुटन नसक्दा दुई पटक स्थगित भइसकेको छ ।