जनता टाइम्स

३१ श्रावण २०७६, शुक्रबार १२:५२

थकान मेटाउन प्रधानमन्त्री ओलीले आराम गर्दा जानीबुझी फैलाइयो गम्भीर बिरामीको अफवाह


काठमाडौं, साउन ३१ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले स्वास्थ अवस्थाबारे अपवाह फैलाइएपछि अर्थमन्त्री युवराज खतिवडासहित झापाका जनप्रतिनिधि आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभयो । झापाको बिकाशको बिषयमा छलफल गर्न काठमाडौं आएका जनप्रतिनिधिलाई प्रधानमन्त्री गम्भीर बिरामी भन्दै बिहीवार साँझ फैलाइएको अफवाहले निकै सताएको थियो । जव प्रधानमन्त्री भेटन बालुवाटार पुगे, उनीहरुको तडपिएको मन शान्त भयो । मिडियाले जानीबुझी प्रधानमन्त्रीको स्वास्थ्यबारे अफवाह फैलाएको रहेछ ।

हँसिलो मुद्रामा भेटघाट कक्ष प्रवेश गर्दै प्रधानमन्त्री ओली आफैले स्वास्थ्यबारे बाहिर आएको अफवाहबारे कुरा सुरु गर्नुभयो । ‘म सिकिस्तै भएको खवर सुनेर आउनु भएको होला । म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगा हालेर खवर आएछ ।’ झापाका जनप्रतिनिधि भेटन जानुअघि प्रधानमन्त्रीले अन्य भेटघाट पनि गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली सदा झै आज पनि बिहानैदेखि काममा खटिनुभयो । बिहीवार साँझ केही मिडियाले प्रधानमन्त्री ओलीको स्वास्थ्यको बिषयलाई लिएर जानीबुझी फैलाएको अफवाहले उहाँको काम गर्ने शैलीमा कुनै कमी आएन । पार्टी नेतासँग भेटघाटदेखि सचिवालयको बैठकअघिको पूर्वतयारी सकाएर अहिले उहाँ नेकपाको सचिवालय बैठकमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीको यो सक्रियतापछि अपवाह फैलाउनेहरुको खेती बन्द भएको भए पनि अझै आफ्नो दुर्नियतका साथ लेखिएको समाचार सच्याउनुको साटो झुटलाई नै निरन्तरता दिन थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा नियमित स्वास्थ्य परीक्षणपछि स्वदेश फर्कनुभएपछि निकै धपेडीमा पर्नुभयो । दैनिक १८ घण्टा काममा खटिने पूर्ववत शैलीलाई अझै बढाएपछि धपेडीको कारण सरिर आलस्य भयो । सरकार र पार्टी एकताको काम एकसाथ अघि बढाउनु पर्ने बाध्यतामा रहनुभएका प्रधानमन्त्री ओली स्वदेश फर्केपछि राती एक बजेसम्म पनि काममै ब्यस्थ हुने, बिहान सवेरै उठेर खटने शैलीका कारण बिहीवार केही आराम गर्नूपर्ने अवस्था आयो । बिहानको खाना नै उहाँले झण्डै ३ बजे मात्रै खान भ्याउनु भयो । खानापछि औषधी सेवन गरी एक घण्टा आराम गर्नुपर्ने प्रधानमन्त्री ओलीको नियमित दैनिकी हो ।

यही कारण दिउसो ३ बजे बोलाइएको नेकपाको सचिवालय बैठक ४ बजेका लागि सारियो । निकै ढिला खाना खाएपछि सरीर उसै आलस्य हुन्छ । त्यसमाथि बिहानैदेखिको खटाइका कारण प्रधानमन्त्री ओलीले केही कमजोर महसुस गर्नुभयो । सोही कारण अध्यक्ष प्रचण्डसहितका सचिवालयका सवै नेताहरु बालुवाटार पुगेर छलफल गरिरहे पनि प्रधानमन्त्री ओली बैठक कक्षमा आउनु भएन । प्रधानमन्त्री ओली खानापछिको औषधी सेवनपछि एक घण्टा आराप म गर्नुहुन्छ । त्यस समयमा उहाँलाई कसैले डिस्टर्व गर्दैनन । प्रधानमन्त्री ओलीको यो नियमित दैनिकीबारे नेकपाका सवै नेताहरु जानकार भएकोले थप समय कुर्नु भन्दा आजका लागि बैठक बस्ने तय गरी प्रधानमन्त्री ओलीलाई सामान्य ज्वरो आएको बताएर बैठक स्थगित भयो ।

बैठक सुरु भइसकेको भन्दै फोटो खिच्न र समाचार संकलन गर्न प्रधानमन्त्री निवास बालुवाटारको मुख्य भवनमै पुगेका पत्रकारलाई प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीलाई ज्वरो आएकोले केही समय आरा मगर्नूपरेको जनाई बैठक स्थगित भएको जानकारी दिनुभयो । तर बालुवाटार नै नटेकेको पत्रकारले यो बिषयलाई प्रधानमन्त्री ओलीमाथि प्रहारको अश्त्र बनाइ दिए । उनीहरुले अनुमानकारिताका आधारमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर, फेरि सिंगापुर लैजाने भन्दै समाचार बनाए । नियोजित रुपमा बनाइएको सो समाचारको कारण भ्रम फैलिएपछि बिहीवार साँझ नै प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले धपेडीको कारण आराम गर्नुपरेको बताउनु भयो ।

यस्तो छ रिमालको ट्वीट
सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो र आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो, यसै आधारमा उहाँको स्वास्थ्य अवस्थाबारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन, प्रमको स्वास्थ्य ठीक छ, उहाँ भोली बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ, उहाँको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद छ ।’

रिमालले भने जस्तै प्रधानमन्त्री ओली आज अरु दिन भन्दा बढी सक्रियताका साथ काम गर्नुभएको छ । ‘प्रधानमन्त्रीको सक्रियताकै कारण ३ बजेका लागि तय गरिएको सचिवालय बैठक बिहान ११ बजे नै बसेको हो,’ प्रधानमन्त्री निवास बालुवाटारका एक सहयोगीले जनताटाइम्ससँग भने ।