जनता टाइम्स

१५ माघ २०७९, आईतवार २०:५७

प्रधानमन्त्री प्रचण्डसँग भेट्न रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा


काठमाडौं, १५ माघ । सर्वसम्मतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार साँझ भेट गर्नुभएको छ । उहाँ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।

उहाँले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नै नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअगाडि नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा दावी रहेको जनाएको थियो। साथै रास्वपाले गृह मन्त्रालय नपाए सरकार नै छाड्ने चेतावनी पनि दिएको थियो।